निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

पनौती नगरपालिकालाई बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा

  •   ५ वर्ष अघि | ३१ असार २०७८, बिहिबार,    

काभ्रे , जिल्ला पनौती नगरपालिकालाई एक कार्यक्रम का बिच  बलामैत्री नगर घोषणा गरिएको छ । पनौतीलाई काभ्रेको दोश्रो बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा गरिएको हो ।

नेपाल सरकारका पुर्व सुचना तथा सञ्चार मन्त्री एवं  प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले पनौतीलाई बालमैत्री नगर घोषणा गर्नुभएको हो । 
कार्यक्रममा बालमैत्री नगर घोषणा कार्यक्रममा संविधान सभा सदस्य रामहरि सुवेदी, बागमती प्रदेश सभा सदस्य चन्द्र लामा, नगरप्रमुख भिम प्रसाद न्यौपाने, उप–प्रमुख गीता बञ्जारा लगायत उपस्थिती रहेको थियो ।

कार्यक्रममा पुर्व मन्त्री बास्कोटाले अधैर्यले व्यक्तिगत जीवनसँगै राजनीतिमा समेत नकारात्मक असर पर्ने भएकाले बालबालिकालाई राजनीतिक चेतना राख्न आग्रह गर्दै धैर्यले मात्रै जीवन सफल बन्नेमा जोड दिनुभएको छ ।
 पूर्वमन्त्री बाँस्कोटाले भन्नुभयो  ‘बालबालिकाले धैर्यपूर्वक राजनीतिक चेतना राख्दै देशभक्त बन्नू तर पार्टीभक्त कहिल्यै नबन्नू ।’उहाँले भन्नुभयो 
बालमैत्री नगरपालिका नाममा मात्र सिमित नगर्नको लागि नगरपालिकाले विभिन्न रणनितिक योजना पनि बनाएको नगरपालिकाको सामाजिक विकास शाखाले जनाएको छ ।

थप