काभ्रे ,एशियाली ऋण महासंघ(एक्कु) एक्सेस कार्यक्रममा सहभागि भई सिल्भर ब्राण्ड प्राप्त गरेको २२ हजार ४ सय ५५ शेयर सदस्य रहेको जिल्लाको नमुना सहकारी संस्थाले विशिष्ठ ब्यक्तिहरुलाई स्थापनाको २६ औ स्थापना दिवसमा विभिन्न विद्यामा ४४ जनालाई सम्मान गरेको छ ।
सम्मान हुनेहरुमा नेपाल समाचारपत्रकर्मी एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, बाग्मती प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई, खानीखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलाल, पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, बेथान्चोक गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने तामाङ, शिक्षसेवी प्रो.डा. अम्बुभवानी कार्की, साहित्यकार सुर्यप्रसाद लाकोजु, सहकारीकर्मी मुकुन्दप्रसाद दाहाल र शिवजी सापकोटालाई विशिष्ठ सदस्य सम्मान मार्फत दोसल्ला, सम्मान पत्र सहित संघीय संसदका सदस्य गंगाबहादुर दोङ्ग र संस्थाका अध्यक्ष प्रकाश बञ्जाराले सम्मान गर्नु भएको थियो ।
२०५५ साल देखि २०६३ सालसम्म संचालक भई काम गर्ने २३ जना पुर्व संचालकहरुलाई सम्मान गरिएको छ । सामुदायिक छात्रवृत्ति ५ जनालाई प्रदान गरिएको छ । संस्थाका कार्यकारी अधिकृत मदन बस्नेतका अनुसार सामुदायिक साकोसले हरेक वर्ष सामुदायिक छात्रबृत्ति प्रदान गर्दै आएको छ । त्यस्तै पाँच जनालाई उत्कृष्ट एसईई सम्मान गरिएको छ । ७ जनालाई उत्कृष्ट बचतकर्ताका रुपमा नगद सहित सम्मान गरिएको छ ।
त्यस्तै उत्कृष्ट शेयर खरिदकर्ताका रुपमा पूर्णलाल श्रेष्ठलाई नगद ४ हजार सहित सम्मान गरिएको छ । उत्कृष्ट ऋणी सदस्य ज्ञानेन्द्र श्रेष्ठलाई पनि नगद सहित सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट कर्मचारी पुरस्कारबाट शोभा लामालाई आधा महिनाको तलब सहित सम्मान गरिएको छ । ८० वर्ष भन्दा माथीका जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको छ । नगद २ हजार ५ सय, दोसल्ला, सम्मानपत्र, हर्लिक्स सहित २० जनालाई सम्मान गरिएको छ । संस्थामा आर्थिक वर्षको अन्त्यमा शेयर सदस्य १९ हजार ७ सय १३, बाल तथा खुत्रुके बचतकर्ता २ हजार ७ सय ४२ जना गरी ११ हजार ३ सय ७६ महिला र ११ हजार ४२ जना पुरुष र अन्य ३७ गरी २२ हजार ४ सय ५५ जना सदस्य रहेका छन् । उक्त संस्या असोज महिनासम्म बढेर २३ हजार २ सय २६ पुगेको थियो । पौष मसान्तसम्म २४ हजार २ सय ४ शेयर सदस्यबाट १ अर्ब ९७ करोडको कारोवार भएको छ ।
कार्यक्रममा संघिय सासद गंगाबहादुर दोङ्ग, प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई, उपप्रमुख गिता बञ्जारा, संस्थाका अध्यक्ष प्रकाश बञ्जारा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, संस्थाका कोषाध्यक्ष प्रताप ताम्राकार, सचिव मुकुन्द शर्मा, सल्लाहकार शम्भुलाल श्रेष्ठ, लेखा संयोजक हरिप्रसाद तिमल्सिना लगायतले सहकारीले पुर्याएको योगदानको चर्चा गरेका थिए ।