काभ्रे,जिल्लामा पत्रकार महासंघको चुनावमा अध्यक्ष पदको उम्मेदवार प्रेस चौतारीले नवराज बजगाईंको नेतृत्वमा टिम खडा गरेको छ।
भने युनियन र प्रेस सेन्टर गठबन्धनले बद्री तिमल्सिना नेतृत्वको पत्रकार टोलि अधिवेशनमा पठाएको छ ।
केहि पत्रकारले बागी उम्मेदवारी दिएका छन् । युनियनका शंकर अधिकारीले सचिव र शेखर चिमौरियाले सहसचिवमा बागी उम्मेदवारी दिएका हुन् ।
जिल्लामा रहेका १२५ सदस्य प्रतिनिधिमा गठबन्धनको बहुमत देखिएपनि प्रेस चौतारीका नवराज बजगाईको पत्रकारितामा रहेको योगदान सहयोगि भावना न्याय प्रेमि र सबैलाइ मिलाउन सक्ने सदगुण भएकोले उच्च मनोवलका साथ जितलाई सुुुुनिश्चित गर्दै मैदानमा उत्रेको छ ।चौतारीले उपाध्यक्ष मा विनोद न्यौपाने ,महिला उपाध्यक्ष मा काजल तामाङ ,सचिवमा केशव राज पौडेल ,कोषाध्यक्षमा केदार तिमल्सिना , सह- सचिवमा रामसुन्दर आचार्य , सह-सचिव समावेशी जगत तामाङ ,कार्यसमिति सदस्य हरु खड्गबहादुर राउत ,विकास तिमल्सिना ,शरण हुमागाइ,सुकदेव थपलिया ,श्याम सापकोटा ,सन्तोष न्यौपाने ,रन्जित वोहोरा रहेका छन्।
चौतारीले जिल्लाबाट केन्द्रीय सदस्यको उम्मेदवार रमा दाहाल भण्डारीलाई बनाएको छ ।भने युनियनले केन्द्रीय लेखा समिति सदस्यका लागि नारायण सापकोटालाई पठाएको छ ।
बागमती प्रदेश सदस्यमा चौतारीबाट सविता न्यौपाने,युनियन र सेन्टर गठबन्धनले सम्झना हुमागाईं र पेमा लामालाई उठाएको छ ।
कसको कुन पदमा उम्मेदवारी


