काभ्रे, जिल्ला बनेपा नगरपालिका वडा नं. २ मा रहेको हिलेजलजले पर्यटकिय ताल निर्माणको लागि बजेट विनियोजन गरिएको छ । वाग्मती प्रदेश सभामार्फत रु. ९ करोड ७ लाख ७० हजार रकम विनियोजन भएको प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले जानकारी दिनुभएको छ।
बनेपा नगरपालिकामा हिलेजलजले ताल "क" र "ख" गरि दुईवटा ताल रहेका छन । जसमध्ये बनेपा नगरपालिका वडा न २ मा अहिले पर्यटकिय ताल निर्माणको लागि प्रदेश सभाबाट बजेट विनियोजन भएको छ । काभ्रे जिल्लामा ताल निर्माणको र संरक्षणको लागि ९ करोड भन्दा बढिको बजेट पहिलोपटक विनियोजन गरिएको हो । यस कार्यका लागि प्रदेशले १ महिनाभित्र टेण्डर आवहान गर्न लागिरहेको हो । यो बजेट पार्ने बाग्मति प्रदेश सांसद बसुन्धरा हुमगाईको उल्लेखनीय भुमिका रहेको पनि जानकारी मा आएको छ। प्रदेश सांसद बसुन्धरा हुमगाइ पर्यटन विकास र प्रबर्द्धन को लागि लागि परेको र ताल पिकनिक्क स्पोट र विभिन्न पर्यटकलाई आकर्षण गर्ने भौतिक संरचनाको विकासमा लागि परेको पनि बताउदै आउनुभएको छ।