काभ्रे (बनेपा नागिडाँडा) जिल्ला बनेपा स्थित नागिडाँडामा एअरपोर्ट बन्ने भएको छ । काभ्रे क्षेत्र नं. दुईका सांसद एव पूर्व संचारमन्त्री गोकुलप्रसाद बास्कोटाले काभ्रेमा एअरर्पोट बनाउन निकै लामो समयदेखि प्रयत्न गर्नुभइरहेको थियो ।
हालै नागिडाँडामा बन्ने एअरर्पोटको खाँका तयार भएको बताईन्छ । पर्यटनमन्त्री रविन्द्र अधिकारीकै पालामा काभ्रेमा वैकल्पिक एअरर्पोट बनाउने तयारी सुरु गरिएपनि विविध कारणले हुन सकेको थिएन ।
पूर्वमन्त्री बास्कोटाले एक टिट्व मार्फत अब बन्ने एर्अरर्पोटको खाँका प्रस्तुत गर्नुभएको छ । उहाँले आफ्नो ट्विटमा खुट्टा तान्नेहरुले जतिनै प्रयास गरेपनि आफुले गरेको बाचा पुरै गरेरै छाड्ने बताउनुभएको छ ।
यस अघि एर्अरपोटको संभ्भाव्यता अध्ययन, जग्गा प्राप्ती लगायतका विषयमा काम भइरहेको थियो । संघिय सरकारले यसपाली काभ्रेमा बन्ने एर्अरपोटका लागि आवश्यक बजेट समेत विनियोजन गरिसकेको छ । पूर्वमन्त्री बास्कोटा अहिले बनेको खाँका हजारौं माइलको यात्राको पहिलो पाइलो भएको बताउँदै विरोधीहरुको जतिसुकै विरोधले पनि अब एअरर्पोट बन्ने काम नरोकिने बताउनुहुन्छ ।
