निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बनेपा नपा. को बाटोलाई मण्डनदेउपुरको बजेट

  •   ६ वर्ष अघि | १४ असार २०७७, आइतवार,    

काभ्रे(मण्डनदेउपुर)जिल्ला मण्डनदेउपुर न .पा ले बनेपा नपा को सिमाना मा पर्ने तिरतिरे धारा मोटरबाटो लाई चौडा बनाउनको लागि मण्डनदेउपुर नपा का प्रमुख टोकबहादुर वाइबा ले रु दश लाख बराबरको बजेट  तिरतिरे धारा नजिक चट्टान कटानको लागि विनियोजन गरि काम अगाडि बढाएको छ। 

अनुगमन तथा निरीक्षणको लागि मण्डनदेउपुर न पा का मेयर टोक बहादुर वाईबा बनेपा न पा ३ नम्बर वडा अध्यक्ष कृष्ण प्रसाद दाहाल सदस्य रामकृष्ण बजगाई ,बुद्धिमान तामाङ को उपस्थिति थियो। साथै वडा अध्यक्ष दाहालले वडा भित्रका विविध बिषयमा कुरा राख्नु भयो। र मेयर टोक बहादुर वाईबा ज्यु ले तिरतिरे धारा देखि कटिङ हुन बाकी रहेको ठाउँ सम्म हाललाई सडक मर्मत सम्भारको लागि थप तीन लाख बजेट उपलब्ध गरिदिने वचन दिनु भएको छ। 


यो बाटो नाला काशिभञ्जाङ तिनघरे कुन्ता सडक अन्तर्गत पर्ने सडक भएकोले मण्डनदेउपुर नपा लाई पनि यो सडक प्रयोग गर्दा छोटो दुरी पर्ने र यात्रा गर्ने सहज हुने र विकासको काममा सधै सहयोग गर्ने पनि मेयर टोकवहादुर वाईबाले बताउनुभयो ।

थप