काभ्रे(पनौती)जिल्ला पनौति नगरपालिकाले ०७७/०७८ को आर्थिक वर्षका लागि १ अर्ब ३२ करोड २८ लाख ७७ हजार रुपैयाँको बजेट प्रस्तुुत गरेको छ ।
७ औँ नगरसभामा उपप्रमुख गिता बञ्जाराले बजेटको प्रस्ताव गरेकी थिइन् । नगरसभामा प्रमुख भिमप्रसाद न्यौपानेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
जसमा आन्तरिक आयबाट ३० करोड ७५ लाख ७७ हजार छ। राजश्व बाडँफाडबाट १७ करोड ३१ लाख ८५ हजार रहेको छ।
बिषयगत शाखाहरुको कार्यक्रम समेत गरि चालू खर्च ५९ करोड ५० लाख ८७ हजार र जम्मा विनोयोजित बजेटको ४५ प्रतिशत रकम पुजिगत खर्च ७२ करोड ४७ लाख ९० हजार हुन आएको छ।
यसै गरि नगर गौरवका योजना मा २० करोड ५ लाख , वडा गौरवका योजनाहरुमा १२ करोडका रहेको छ।