निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

मण्डनदेउपुर नगरमा ०७७/०७८ को बजेट ९९ करोड विनियोजन

  •   ६ वर्ष अघि | १० असार २०७७, बुधबार,    

काभ्रे,(मण्डनदेउपुर)जिल्ला मण्डनदेउपुरले पनि आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

उपप्रमुख निर्मला शाहिले ७ औँ नगरसभामा ९९ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिका प्रमुख टोक बहादुर वाइबाले कोरोना नियन्त्रण अन्तर्गत स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिनुभएको छ ।

विगतका वर्ष देखि नै शिक्षा उच्च प्राथमिकतामा राखेको नगरपालिकाले यो वर्ष पनि उत्तिकै प्राथमिकता दिएको छ । त्यस्तै कृषि, पशु र पर्यटनको क्षेत्रमा पनि बजेट विनियोजन गरिएको प्रवक्ता डिल्ली आचार्यले जानकारी दिनुभयो ।

थप