निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

लद्दाखमा भएको झडपमा २० भारतिय सेना मारिए

  •   ६ वर्ष अघि | २ असार २०७७, मङ्लबार,    

नयाँदिल्ली । भारत र चीनको सिमाना लद्दाखमा भएको झडमा २० भारतीय सेना मारिएको भारतिय सेनाले बताएको छ । घटनामा १७ भारतीय सैनक घाइते भएका छन् ।

सिमा क्षेत्रमा भएको झडपमा लाठी, भाला र ढुंगामुडा भएको थियो । गलवान घाटीमा सोमवार रात भएको झडपमा यस अघि ३ सैनिक मारिएको बताइएको थियो ।सोमबार राती पूर्वी लद्दाखमा भएको हिंसात्मक सैन्य झडपमा एक कर्नेल र दुई जवान सहित तीन जनाको मृत्यु भएको मंगलबार दिउँसो बताइएको थियो। तर साँझ भारतीय सैन्य अधिकारी र विदेश मन्त्रालयका अधिकारीहरूलाई उधृत गर्दै कम्तिमा २० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

चीनतर्फको क्षती अहिलेसम्म आधिकारीकरुपमा आउन सकेको छैन । भारतीय मिडियाले चीनतर्फ ४५ सैनिक मारिएको दावी गरेपनि स्वतन्त्र पुष्टि हुन सकेको छैन । घटना पहडाी इलाकामा भएको र कतिपय सेनाहरु नदीमा खसेको समेत बताइएको छ ।

घटनापछि गलवान घाटीबाट भारतीय सेना पछि हटेको छ । झडपमा घाइते बनेका चीनीया सेनाको यत्तिखेर हलेकप्टरबाट उद्दार भइरहेको छ ।

लद्दाख सीमा क्षेत्रमा एक महिनादेखि भारत र चीनका सैनिक आमनेसामने भएपछि तनाव बढेको थियो। जसको निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो। त्यसयता लगातार थुप्रै चरणका वार्ता भए पनि तनाव भने कम भएको थिएन।

पछिल्लो समय लद्दाखमा दुवै पक्षले भौतिक संरचना निर्माणको गति र सेना तथा हतियारको संख्या वृद्धि गरिरहेका थिए।

भारतीय विदेश मन्त्रालयले जुन ६ मा भएको सहमति चीनले तोडेको आरोप लगाएको छ भने चिनियाँ विदेश मन्त्रालयले आफ्नो सीमामा भारतीय सेना आउँदा झडप भएको प्रतिक्रिया दिएको छ।

विवाद समाधानका लागि हाल दुवै देशका सैन्य तथा सरकारी वरिष्ठ अधिकारीबीच वार्ता भइरहेको पनि जनाइएको छ।

सन् १९७५ पछि पहिलो पटक चीन सँगको सीमा नियन्त्रण रेखामा भएको झडपमा भारतीय सेनाको ज्यान गएको हो। यसअघि सन् १९७५ मा दुई देशका सेनाबीच अरुणाञ्चलको तुलुङलामा गोली चल्दा असम राइफल्सका चार जवानको ज्यान गएको थियो। त्यसअघि सन् १९६२ मा भारत र चीनबीच एक महिने युद्ध भएको थियो।

थप