निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

पत्रकार महासंघ काभ्रेको सक्रियतामा १३७ पत्रकारको कोरोना विमा

  •   ६ वर्ष अघि | १० जेष्ठ २०७७, शनिबार,    

काभ्रे, नेपाल पत्रकार महासंघ काभ्रे शाखाले विभिन्न संघ संस्थाहरुको समन्वयमा जिल्लामा कृयाशिल पत्रकारहरु तथा महासघमा आवद्ध भएका सदस्यहरुको कोरोना संक्रमण सम्वन्धी विमाका लागि आवश्यक कागजात सहित विमा प्रिमियम सहित १ सय ३७ जनाको सूची युनाईटेड इन्स्युरेन्स कम्पनीमा बुझाएको छ ।

उक्त विमा हामीले कागजात बुझाएको १५ दिन पछि मात्रै लागु हुनेछ । विमाको सम्झौता कोरोना संक्रमण भएको पिसिआर परिक्षणको कागजात भए सँगै १ लाख रुपैया भुक्तानी हुनेछ । सरकारले सबै खालको उपचार र परिक्षण गर्ने भएकाले यो विमा बापतको रकम संक्रमण भए लगत्तै उपलब्ध हुनेछ । सकेसम्म कोहि साथीहरुलाई संक्रमण नहोस् । सुरक्षित रुपले पेशालाई निरन्तरता दिनु आवश्यक छ ।

यदि कथंमकथाचित महामारीमा जोगिन सकिएन र संक्रमण भई हालेमा उक्त रकम भुक्तानी हुनेछ । प्रति सदस्य ६ सयका दरले आवश्यक रकम महासंघले विमा कम्पनीलाई भुक्तानी गर्नेछ । समयमै पत्रकार साथिहरुले आवश्यक विवरण उपलब्ध गराईदिनु भएकोमा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले धन्यवाद दिनुभएको थियो।

थप