काभ्रे — प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य शिवप्रसाद हुमगाईले सरकारलाई खाद्यान्न को जोहो गर्ने सुझाव दिएका छन्। उनले नेपालमा रोग सँगसँगै भोकले पनि मानिस मर्नु पर्ने बाध्यता आउने बताउनुभयो ।अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेका छन ।
‘लकडाउन लम्बिदै जाादा अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुको बस्ने बास र खाने गास समेत नभएर । यो कहालीलाग्दो र दर्दनाक दृश्य आउने प्रति संवेदनशील बन्न, बालबालिका, महिला श्रमिक वर्गको लागि पनि सरकारले निति बनाएर राहत दिन या भनौ यस्ता बर्गका व्यक्ति हरुलाइ संरक्षण गर्ने को निमित ध्यानाकर्षण गर्नुभएको हो।
उहाले भन्नुभयो सरकारले जति साधनस्रोत छ त्येति राम्रो नै गरेको छ । यसको दायरा बढाउनु पर्ने प्रति पनि चासो दिनुभयो। उहाले कोरोना परिक्षण को दायरा पनि बढाउनु पर्ने र यो जति परिक्षण बढायो त्येति नै संक्रमण को जोखिम कम हुने उहाँले बताउनुभयो ।
उहाले भन्नुभयो हामी प्रतिपक्ष भएपनि यो घडिमा हामी सरकारलाई सहयोग गर्ने चाहन्छौं । उहाले स्थानीय सरकार र विभिन्न सरोकार व्यक्ति र संस्थालाई राहत वितरण र स्वास्थ्य सामग्री पनि वितरण गरेको उहाँले बताउनुभयो ।
उहाले थप जोडका साथ खाद्यान्न र अतिआवश्यक बस्तु को अहिले देखिनै जोहो नगरे पछि भयावह स्थिति आउनेमा सरकारलाई ध्यानाकर्षण गराउनुभयो। सरकारले लकडाउन लगाएको हुदा लकडाउन पालना गरेर घरमै बस्न र सचेत हुन सबैमा अपिल पनि गर्नुभयो ।