निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

लकडाउन मा हिड्ने लाई इप्रका बनेपाले लियो सचेतना कक्षा

  •   ७ वर्ष अघि | २० चैत्र २०७६, बिहिबार,    

काभ्रे ,बनेपामा लकडाउनको दशौ दिन लकडाउन उल्लघंन गरेपछि 78 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेको बनेपामा बिना काम हिड्ने 78जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए । नियन्त्रणमा लिएका 78 जनालाई बनेपाको बसपार्कमा राखेर कोरोना भाइरस समन्धि जानकारी र भाइस सर्न सक्ने सम्भावना समन्धि प्रक्षिक्षण दिएर अब लकडाउनमा नहिड्न सुझाव समेत इलाका प्रमुख योगेन्द्र तिमल्सिना ले दिनुभयो। लकडाउनमा निस्कनेक्रम बढेसँगै बनेपामा एक दिनमा  78 जना लाइ नियन्त्रणमा लिएको जनाएको छ ।

‘लकडाउन’को दशौ दिनभित्रमा प्रहरीले  नौ सय भन्दा धेरै सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विशाल तामाङले बताए ।

काभ्रेको व्यापारिक शहर बनेपामा लकडाउनप्रति प्रहरी निक्कै सकृय बनेर लागेको छ ।  लगडाउन लाई जनताले हल्का रुपमा लिएर यस्तो समस्या आएको बुद्धिजीवी हरुको भनाइ छ।

थप