काभ्रे वन पैदावर उद्योग व्यवसायी संघको अध्यक्षमा प्रेम लामा सर्वसम्मत 

  •   १ वर्ष अघि | २७ कार्तिक २०७८, शनिबार,    

काभ्रे । बनेपा ७ बुडोलमा काभ्रे वन पैदावर उद्योग व्यवसायी संघको छैठौं साधारणसभा तथा तेस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा अध्यक्षता माधव मणि हुमागाईले गर्नु भएको थियो भने प्रमुख अतिथि जिल्ला प्रशासन कार्यलय काभ्रेका प्रमुख शिवराम पोखरेल हुनुहुन्थ्यो ।
विशिष्ट अतिथिहरु जिल्ला प्रहरी कार्यलयका प्रमुख भुपेेन्द्र खत्रि,वन पैदावर उद्योग व्यवसायी महासंघ सल्लाहकार समिति संयोजक कपिल अधिकारी ,उपाध्यक्ष दिनेश राज रेग्मी र विभिन्न अतिथिहरुको उपस्थिति थियो।

कार्यक्रम सञ्चालन काभ्रे वन पैदावर व्यवसायी संघका सचिव रविन्द्र वैदारले गर्नुभएको थियो । 
उहाँले कार्यक्रम सञ्चालन गर्दै भन्नुभयो हामि उद्योगी व्यवसायीलाई गलत नजरबाट हेरिन्छ । हामी राज्यलाई कर बुझाएर , राज्यको कानुन भित्र रहेर कार्य गर्दा, उद्योग गर्दा पनि विभिन्न समस्या भोग्नुपरेकोले सरोकारवालाको ध्यान जानू पर्ने बताउनुभयो ।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथि जिल्ला प्रशासन कार्यलय प्रमुख शिवराम पोखरेलले भन्नुभयो तपाई हरुले नितिगत कुरामा कुनै डर नमानि उद्योग गर्दा हुन्छ भन्नुभयो । गल्ती नगरि डराउनु पर्दैन , सरकारले नियम र कानुनमा रहेर गरेको जुनसुकै कामलाई समर्थन र सहयोग गर्छ भन्नुभयो ।
कार्यक्रममा बोल्दै केन्द्रीय महासचिव तथा निवर्तमान अध्यक्ष माधवमणि हुमागाईले भन्नुभयो , नव निर्वाचित प्रेमलामाको टिम अत्यन्तै राम्रो बनेको छ। उहाहरुले व्यवसायीक हकहितको लागि राम्रो कार्य गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।
काभ्रे वन पैदावर उद्योग व्यवसायी संघको तेस्रो अधिवेशनबाट सर्वसम्मत नवनिर्वाचित टिम यसप्रकार छ
अध्यक्ष -प्रेम लामा
उपाध्यक्ष -यज्ञ बहादुर दनुवार 
उपाध्यक्ष -मनोहरी तिमल्सिना 
सचिव - गुरु प्रसाद तिमल्सिना 
कोषाध्यक्ष -रुपेश तामाङ 
सहसचिव -कमल तामाङ 
कार्यसमिति सदस्यहरू 
कृष्ण श्रेष्ठ ,सरोज तामाङ ,रमेश सापकोटा ,सुनिल लामा,जगत तामाङ रहनुभएको छ।
सल्लाहकार समितिमा
रविद्र वैदार , राजन हुमागाई, विष्णु श्रेष्ठ ,अनिल कुमार शर्मा सहित उद्योगी र व्यवसायी हक हितको लागि कार्य गर्ने एउटा कुशल टिमको निर्माण भएको र उद्योगी हरुको हितको लागि सधै लाग्ने पनि नवनिर्वाचित अध्यक्ष प्रेम लामाले बताउनुभयो ।